arrow

नेविसंघको कञ्चन बहुमुखी क्याम्पस इकाइ कार्यसमिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
nebisangh-flag.jpg
तस्बिर – फाइल ।

कञ्चनपुर । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चन बहुमुखी क्याम्पस नेविसंघले इकाइ कार्यसमिति विस्तार गरेको छ । इकाइ सभापति मनिषा बोगटीले संगठनलाई चलायमान र गतिशील बनाएर अगाडि बढाउन आफूले संगठनको नेतृत्व लिएको बताइन् ।

आफूले सबै विद्यार्थीहरुलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरिन् । केही व्यक्ति नेविसंघविरुद्ध लागेको सभापति मनिषाले आरोप लगाइन् । 

आफू सहमति, सहकार्य गरेर अगाडि बढ्न तयार रहेको र अराजक गतिविधि गरी नेविसंघलाई आँच पुर्याउने काम भए कारबाही गरेर निष्काशन गर्ने उनले बताइन् । 

कार्यसमितिको उपसभापतिमा भावना साकी र तेज खाती, सचिवमा कबिता महरा र खेम भट्ट, सहसचिवमा मिना सिह र निता पाल तथा कोषाध्यक्षमा निर्मला जोशी चयन भयका छन् । 

अन्य सदस्यहरु गरेर २१ जनाको समिति विस्तार गरिएको नेविसंघ जिल्ला उपसभापति मुकेश पाठकले जानकारी गराए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ