arrow

कांग्रेस बैठकको निर्णय – ‘अब हामी प्रतिपक्षमा रमाउँछौँ’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
deuba-congress-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस फेरि प्रतिपक्षमा बस्ने भएको छ । माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने भएको हो । 

अब आफूहरु प्रतिपक्षको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत लेखकले अब कांग्रेस प्रतिपक्षमा बस्ने जानकारी दिएका हुन् ।

उक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेको लेखकले जानकारी गराए । 

‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउँछौँ,’ उनले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ