- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।
उनले भने, ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौँ विश्वासको मत दिएका थियौँ आजको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौँ । बैठकमा इलाम र बझाङको चुनावका लागि दल दर्ता गर्ने निर्णय पनि भयो ।’
बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले अब २०८४ को निर्वाचन आउनु अगावै बैशाखमा हुने उपनिर्वाचनमै एक्लै चुनाव लड्ने भएको छ ।
यसअघि फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले २०८४ को निर्वाचनमा कुनै गठबन्धन नगर्ने निर्णय गरेको कांग्रेसले राजनीतिक परिस्थिति बदलिएपछि बैशाखमै हुने उपनिर्वाचनमा नै एक्लै चुनाव लड्ने भएको हो ।