arrow

कांग्रेसले भन्यो - नेपालसँगको छलफल सकारात्मक, निरन्तरता दिन्छौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
ramesh-lekhak-congress-deuba-nepal.jpg

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ ।  बुधवार नेपाल निवास कोटेश्वरमा पुगेका कांग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । 

छलफल सकारात्मक रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताए ।

उनले भने, ‘अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक भएको छ । छलफललाई निरन्तरता दिन्छौँ । हामीले हाम्रो आधिकारिक धारणा राखिसकेको छ । कांग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्व प्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौँ । नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ ।’

प्रमुख सचेतक लेखकले अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि बताए । नेपाल निवासमा गएर देउवाले नेपाललाई प्रधानमन्त्रीको अफर गरेको बताइएको छ। 

नयाँ गठबन्धन बनेपछि माधवलाई फकाउन सोमबार र मंगलबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी ओलीसम्म माधवलाई भेट्न उनको निवासमा गएकामा देउवाले भने प्रधानमन्त्रीकै अफर गरेका हुन् । 

उनले पुरानो गठबन्धनअनुसार प्रचण्डपछि माधवकै प्रधानमन्त्री बन्ने पालोअनुसार अबको प्रधानमन्त्रीका लागि देउवाले अफर गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ