arrow

अब कांग्रेसलाई पुनर्निर्माण, पुनःसंचालन र सुदृढीकरण गरौँ – गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
gagan-thapa-11-22.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कांग्रेसलाई पुनर्निर्माण, पुनःसंचालन र सुदृढीकरण गर्नुपर्ने बताएका छन् । 

बुधबार साँझ थापाले भिडिओमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै  कांग्रेसलाई पुनर्निर्माण, पुनःसंचालन र सुदृढीकरण गर्दै लग्नुपर्ने बताएका हुन् । 

माओवादी केन्द्रको कुनै पनि समय धोका दिने नै नियत भएको बताए ।  

थापाले भनेका छन्,' कुनै अलमलमा नपरौँ । धोका दिने नै नियत भएकाले,आज नभए भोलि धोका दिन्थे नै! त्यसैले अब कांग्रेसलाई पुनर्निर्माण, पुनःसंचालन र सुदृढीकरण गरौँ।'

थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् । ‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ’ उनले भने।

माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितका  दलसँग नयाँ गठबन्धन गरेपछि थापाले आफ्नो धारणा सार्वजनीक गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ