arrow

रविले भुले कि सम्झेका छन् आम नागरिकको सिंहदरबारमा सहज पहुँचको विषय ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
ravi-lamichhane-home-minist.jpg

काठमाडौँ । १३ महिनाअघि नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशसँगै ३३ औं दिनमा उपप्रधान तथा गृहमन्त्रीबाट बिदा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यतिबेला फेरि गृह मन्त्रालयको कमाण्ड सम्हाल्न आइपुगेका छन् ।

नेपाली कांग्रेस इतर नयाँ गठबन्धनको सरकार बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा सहभागी भएसँगै सभापति लामिछानेले पहिलेकै उपप्रधान तथा गृहमन्त्रालय सम्हाल्ने अवसर पाएका हुन् । 

अघिल्लो एक महिने कार्यकालपछि मन्त्रालयबाट बाहिरिएका लामिछानेले आफ्नो प्रगति विवरण समेटेको एउटा मुख्य विषय हो सिंहदरबारमा नागरिकले सहज प्रवेश गर्न पाउने विषय । आफूले त्यसका लागि सबै तयारी सकेको र एउटा हस्ताक्षर गर्ने बित्तिकै सिंहदरबार आम नागरिकका लागि खुला हुने बताएका थिए ।

‘हामीले सिंहदरबारमा सर्वसाधारण नागरिकले प्रवेश पाउने वातावरण बनाउन लागेका थियौँ, एउटा साइन गर्न मात्रै बाँकी थियो’, गृहबाट बाहिरिएपछि उनले भनेका थिए । 

अहिले दोस्रोपटक मन्त्रालयमा पुग्दा उनले वस्तुगत कुरा मात्रै गरे । अघिल्लोपटक पहिलो हस्ताक्षरबाटै निर्मला पन्त प्रकरणको फाइल खोलेका उनले यसपटक नागरिकलाई मन्त्री भेट्न नपर्ने वातावरण बनाउँछु भन्ने प्रतिवद्वता बाहेक ठोस निर्णय गरेनन् ।

हुनत उनले निर्मलापन्त प्रकरणको फाइल खोले पनि त्यो फाइलको कुनै औचित्य रहेन । अघिल्लोपटक एउटा हस्ताक्षर मात्रै गर्न बाँकी रहेको भनेको कामको त्यही निर्णयबाट कार्यभार शुरु गरेको भए यसले आम नागरिकमा एउटा उत्साह ल्याउन सक्थ्यो । 

तर रवि गृहमन्त्री बनेर सिंहदरबारबाट सुरक्षासहितको गाडीबाट बाहिर हुइँकिदा सिंहदरबारको गेट बाहिर पेटीमा हिँड्नेमाथि पनि सुरक्षा निकायको निगरानी हुने गरेको अवस्थाले उनको पहिलो छोटो कार्यकालको निर्णयले गिज्याएको त हैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ