arrow

सत्ताबाट बाहिरिएपछि कांग्रेस संसदीय दलको पहिलो बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
congress-parliamentary-meet-10-20.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।  सत्ताबाट बाहिरिएपछि कांग्रेसको संसदीय दलको यो पहिलो बैठक हो । 

बैठक बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा शुरु भएको छ ।

कांग्रेसले संसद्मा अबका दिनमा प्रस्तुत हुने विषयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने बताइएको छ । 

सत्ताबाट प्रमुख प्रतिपक्षमा पुगेको कांग्रेसले विपक्षीमा रहँदा संसद्मा प्रस्तुत हुने बारेमा सांसदहरूलाई प्रशिक्षण दिइनेछ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसद्मा कसरी प्रस्तुत हुने भन्ने बारेमा सांसदहरूलाई प्रशिक्षण दिइने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ