arrow

गाईभैँसीमा खोरेतको संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
khoret.jpg

मोरङ । मोरङको पथरी शनिश्चरे–८ मा गाई भैँसीमा खोरेत रोगको सङक्रमण देखिएको छ । वडा नम्बर ८ को मंगलबारे प्रतीक्षा चौकमा पशुहरूलाई यो महामारी खोरेत रोग देखापरेको हो ।

हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुवस्तुको खुर सुनिएर कुहिने, उच्छ ज्वरो आउने भएकोले सबै पशुपालक किसान सचेत रहन वडाले सूचना गरेको छ ।

यो रोग देखा परेपछि वडा नं ८ का वडा अध्यक्ष नविन कार्कीले बिहीबारको दिनदेखि रोग निर्मुल नभएसम्म मंगलबारे वरपरका पशुहरुलाई बाहिर नलान सूचना जारी गरेका छन् ।

यो रोग विरुद्धको निःशुल्क खोप लगाउन शुरु गरिसकिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ