arrow

मधेसका सीमानाकामा प्रहरीको मिलेमतोमा तस्करलाई तर,  सरकारको खातामा कैँची

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८० फागुन २९ मंगलबार
birjung-gate-final.jpg

वीरगञ्ज । मधेस प्रदेशका आठ वटा जिल्लाका सीमा नाकाहरु तस्कर र प्रहरी प्रशासनका उर्बर भूमि बनेका छन् । आसन्न होली पर्वको पूर्वसन्ध्यामा तस्करी जोडतोडका साथ चलिरहेका कारणले गर्दा मधेस प्रदेशस्थित कुनै पनि भन्सार नाकाले आफ्नो लक्ष्य अनुरूपको राजश्व संकलन गर्न नसकेको भन्सारका कर्मचारीहरुले बताएका छन् । 

ठूल्ठूला ब्यापारी र तस्करहरुलाई भन्सारले नै पनि सुबिधा प्रदान गरी एउटै प्रज्ञापन पत्रबाट ३/४ खेप सामान ल्याउने अवसर प्रदान गरेकाले बारा पर्साका अधिकांश ग्रामीण नाकाहरुबाट मदिरा र स्याउको निकासी भारततर्फ भइरहेको भन्सारका बारेमा जानकार स्थानीय व्यापारीहरुले नै बताउने गरेका छन् ।

त्यस्तै रौतहटमा गौर नगरपालिकाका मेयर शम्भु साह नै सक्रिय भएको र उनका भाइ कौशल साह,मनोज साह, सुनिल जैसवाललाई रौतहटस्थित भन्सार कार्यलय जिम्मा लगाइएको स्रोतको दाबी छ । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको संरक्षणमा रहेका कौशल भन्सार एजेण्ट रहेकाले त्यस नाकाबाट उनको स्वीकृति बेगर कसैलाई कपडाको कारोबार गर्ने अनुमति नभएको भन्सारका एक कर्मचारीले बताए ।

रौतहटको बंकुल, सर्मुजवा, रामपुर खाप, लक्षमणपुर बेलबिछवाबाट पनि ब्यापक तस्करी भइरहेको र सशस्त्र प्रहरीका डीएसपी अमर लामाको यस कार्यमा भरपूर सहयोग रहेको दाबी गरिएको छ ।

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले प्रदेशभर आधा दर्जन भन्दा बढी घुमुवा खटाएर असुली धन्दालाई बढावा दिएको प्रहरी स्रोत बताउँछ । आफ्नो जागिरे जीवनमा रौतहटको प्रमुख र मधेश प्रदेश जनकपुरमा एसएसपी बसेर आय आर्जनबारे ब्यापक अनुभव बटुलिसकेको उनीमाथि आरोप छ ।

पर्सा जिल्लामा कार्यरत असई प्रमोद सिंह, प्रज राजकुमार गुरुङ, प्रहरी हवल्दार उपेन्द्र यादव सर्लाही, प्रबह सुरेन्द्र ठाकुर जनकपुर र प्रह शैलेश पटेल बारा जिल्लामा डीआईजी पोखरेलले असुलीको लागि खटाइएको प्रहरी स्रोत बताउँछ। 

बारा जिल्लामा कार्यरत असई वीरेन्द्र यादवलाई पनि समन्वयको लागि परिचालन गरिएको स्रोतले बताएको छ ।

सर्लाहीको नारायणपुर, संग्रामपुर, त्रिभुवन नगर र खुटौना, महोत्तरी जिल्लाको मटिहानी, मारुवाही र सम्सी नाकाबाट ब्यापक तस्करी भइरहेको स्थानीयसमेत बताउँछन् । 

यसैगरी सिरहा जिल्लाको माडर, ठाडी, बरियार पट्टी, चतरी र झाँझपट्टी नाका र सप्तरीको छिनमस्ता, नर्घो, बेल्ही, पातो, बोदे वर्षाइन र स्वर्णपट्टी नाकाबाट तस्करी भारी मात्रामा भइरहेको छ ।

भारतबाट खाद्यान्न, लत्ता कपडा, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स आइटम, प्याज, पान मसाला, सुर्ती नेपालतर्फ आइरहेको छ भने भारततर्फ चिनियाँ स्याउ,रक्सी र लसुन गइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ