arrow

मिसन २०२६ः खेलाडीलाई योग कक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
yog-players-nepal.jpg

काठमाडौँ । मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि योग कक्षा सञ्चालन गरिएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको योग कक्षाको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । 

योग प्रशिक्षक पुस्करराज पन्तले मंगलबारको योग कक्षा सञ्चालन गरेका थिए । राखेपको आयोजना तथा राष्ट्रिय टिम तयारीको समन्वयमा भएको योग कक्षामा विभिन्न ५ खेलका ५० खेलाडी र १० प्रशिक्षक गरी ६० जना सहभागी थिए । 

हरेक महिना योग कक्षा सञ्चालन गरिने राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ