arrow

प्रचण्डको बखान गर्दै केपीले कांग्रेसलाई गरे गाली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
kp-oli-80-11-30.jpg

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बखान गर्दै नेपाली कांग्रेसलाई गाली गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने समयको सम्बोधन गर्दै ओलीले गत वर्ष सरकारमै नभएका बेलामा मत दिने कांग्रेसलाई अहिले दिन के को आपत्ति भनेर प्रश्न गरे । 

उनले कांग्रेस सधैजसो धोका नै दिने पार्टी भएको बताउँदै हजार मुसा खाएर पशुपतिको दर्शन गर्न गएको जस्तो भएको बताए । 

उनले धेरै पल्ट कागज गरेर कांग्रेससँग कागज गर्नै छाडेको बताए । नेपाली कांग्रेसले इमानका कुरा धाकका साथ लगाएर संसदमा कसरी भन्न सकेको होला भनीसमेत प्रश्न गरे । 

उनले एमालेले विरोधका लागि विरोध नगर्ने र सभ्य सौम्य तरिकाले विरोध गर्ने बताए । यसरी भनिरहँदा भने सांसदहरुले मुखामुख गरेका थिए । 

ओलीले संसद शुरु हुन बित्तिकै भाषण गरेको भन्दै घरबाट ऐना त हेरेर आउनु भएको होला नि भन्दै ब्यङ्ग्य गरे । 

उनले अस्थिरताको खेती कांग्रेसले नै गरेको आरोप लगाए । पोहोर साल दुई महिना नपुग्दै सरकार परिवर्तन गर्दा अस्थिरता नहुने अहिले एक वर्षपछि सरकार वरिवर्तन हुँदा अस्थिरता भयो ? भन्दे कांग्रेसलाई नै प्रश्न गरे । 

उनले देशको अवस्था स्थिर नभएको भन्दै विभिन्न पहिचान लगायतका नाममा समाजमा विद्धेश फैलाउने काम भएको बताए । 

भूगोल, जात र धर्मका नाममा विद्धेश फैलाउने काम भएको पनि ओलीले बताए । सो क्रममा प्रचण्डको प्रशंसा गर्दै उनले कांग्रसलाई पटक पटक गाली गरिरहे । 

यो देश कुनै धर्म विशेषको नभएको र जाति विशेषको वा भूगोल विशेषको नभएकोसमेत ओलीले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ