arrow

 निर्वाचनमा दिएको धोका बिर्सिएको भन्दै प्रचण्डलाई सम्झाए विश्वप्रकाश शर्माले

आफ्नै आँगनमा आफ्नै आँखा अगाडि आफ्नो निहत्था बाबु निर्ममतापूर्वक गिँडिएको दृष्य हेरेको छोरा वा छोरीलाई हामीले भन्यौँ बिर्सिदेउ यो पीडा अनि जाउ त्यही माओवादीलाई गएर भोट हाल, हामीले भन्यौँ सम्झिनु भाछ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
bishwaprakash-sharma-80-11-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले माओवादी केन्द्रले आफूले धोका पाएको सम्झने तर आफूले धोका दिएको बिर्सेको भनी सम्झाएका छन् । 

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा नेपालमा सबैभन्दा धरापमा विश्वास परेको भन्दै उनले प्रशासन, अस्पताल, बजार, स्कुल जहाँ जाँदा पनि विश्वासको खडेरी परेको बताए । 

यही बेलामा प्रधानमन्त्री प्रचण्डले वर्षको तीन तीन पटक विश्वासको मत लिन आएको बताए । ‘राजनीतिक रुपमा अविश्वास छ तर विश्वासको मत छ’ भन्दै उनले प्रचण्ड दुई तिहाईको समर्थनबाट घटेको बताए । अविश्वास हुँदा पनि गणितीय खेलले भने प्रचण्डले विश्वासको मत पाइरहेको बताए । 

कोशीमा माओवादी पराजित हुँदा आफूहरुले पनि कांग्रेस पराजित भएको महसुस गरेको भन्दै आफूहरुको डकुमेन्टमा पनि उल्लेख भएको विश्वप्रकाशले उल्लेख गरे । कांग्रेसले आफ्नो डकुमेन्ट कांग्रेसका साथीहरुलाई सोधेर लेख्ने बताए । 

उनले लुम्बिनीका कांग्रेस सभापतिलाई माओवादीले चुनावमा हराउँदा माओवादीको डकुमेन्टमा उल्लेख भयो कि भएन ? भनी प्रश्न गरे । 

कांग्रेसकै मतले जितेको माओवादीले बिर्सेको भन्दै नेता शर्माले माओवादीलाई सम्झाए । 

निकै मार्मिकपूर्वक सम्झाउँदै विश्वप्रकाशले भने, आफ्नै आँगनमा आफ्नै आँखा अगाडि आफ्नो निहत्था बाबु निर्ममतापूर्वक गिँडिएको दृष्य हेरेको छोरा वा छोरीलाई हामीले भन्यौँ बिर्सिदेउ यो पीडा अनि जाउ त्यही माओवादीलाई गएर भोट हाल । हामीले भन्यौँ सम्झिनु भाछ ? हो यसरी प्राप्त भएको थियो प्रधानमन्त्री ज्यू मंसिर ४ को परिणाम ।’

उनले संसद बैठकमा सम्बोधन गर्ने क्रममा संसदमा बजेटका सिद्धान्तमाथि छलफल चलिरहेका बेलामा एक्कासी गठबन्धन बदलिएको बताउँदै यदि गठबन्धन नबलिएको भए आर्थिक वृद्धि कसरी गर्न सकिन्छ भनेर अहिले छलफल भइरहेको हुने बताए । 

उनले टीआरसी विधेयक, कानून निर्माणहरु कसरी एकताबद्ध भएर अगाडि जाने भनेर छलफल हुँदै हुने थियो भनी बताए । 

महामन्त्री शर्माले विपिन जोशीलाई हमासबाट छुटाएर कसरी ल्याउने ? युद्दसँग नजोडिएको बेलामा रुसबाट कसरी लिएर नेपालीलाई आउने भन्नेबारे कसरी गर्ला सरकारले ? भनी प्रश्न गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ