arrow

प्रचण्डले रविबारे कांग्रेसलाई भने – आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
prachanda-80-11-30b.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे अभिव्यक्ति दिएका छन् । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा आफूलाई विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको आरोपलाई खण्डन गर्ने क्रममा गृहमन्त्री लामिछाने इंगित अभिव्यक्ति दिएका हुन् । 

बैठकमा बोल्ने क्रममा सांसदहरूले  ‘उथलपुथल भनेको सहकारी ठगीको आरोप लागेकालाई गृहमन्त्री बनाउने हो ?’ भनेर  गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डल आफूतिर आए प्रधानमन्त्री बनाउन तयार हुने र नआए भ्रष्टाचारी भन्दै कारबाही गर्नुपर्ने यो कस्तो डबल स्ट्यान्ड भनेर प्रश्न गरे ।

 ‘तिनैलाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ । आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड’, प्रधानमन्त्री प्रचण्डले भने ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ