arrow

१२ दमकलले दुई दिनमा निभाए नेपालकै ठूलो प्लाइ उद्योगमा लागेको आगो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
fire-ply-industry.jpg

झापा ।  मेचीनगर–१५ ज्यामिरगढीस्थित नेपालकै ठूलो प्लाइ उद्योगमा सोमबार बिहानदेखि लागेको आगो मंगलबार निभाइएको छ । उद्योगमा लागेको आगो मंगलबार अपराह्न निभाइएको हो । काठको विशाल घाटगद्दी भएको कारण आगो निभाउन ६० घण्टाभन्दा बढी समय लागेको उद्योगका सञ्चालक सन्तोष आचार्यले बताए ।

आगलागीबाट रु १५ करोडको भौतिक सम्पत्ति क्षति भएको उनले बताए । उनका अनुसार आगलागीबाट उद्योगको मुख्य ब्लक पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई खरानी भएको छ ।

नेपालकै ठूलो मानिएको उक्त प्लाइउड उद्योगमा एक हजार २०० मजदुर कार्यरत छन् । त्यहाँ उत्पादित सामान विदेशमा निर्यात हुने गरेको छ । आगलागीको खबर प्राप्त हुनेबित्तिकै १२ वटा दमकलले आगो निभाउने निरन्तर प्रयास गरिरहेका थिए । काठको गोलियामा दन्किएको आगो निभाउन कठिन भएको थियो । आगो निभाउन भारतबाट पनि दमकल मगाइएको थियो ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख मिलन केसीले आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ