arrow

लक्ष्मी सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
laxmi-sunrise-bank-logo.jpg

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चैत महिनाभरका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ महिनाको लागि अघिल्लो महिना नै ब्याजदर तोकिसक्नुपर्ने नेपाल राष्ट्र बैंकको नियम अनुसार लक्ष्मी बैंकले बुधबार नै चैत १ गते बिहीबारदेखि लागू हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ३.५० देखि ५.४० प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ६.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । फागुन महिनाो तुलनामा बैकले चैत महिनामा ब्याजदर घटाएको छ । फागुनमा साधारण बचतमा न्यूनतम ४ देखि ६ प्रतिशत र रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । रेमिट्यान्स मुद्दतीमा भने ८.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । लक्ष्मी बैंकले यसअघि फागुनमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोक्ने बैंकले जनाएको छ । आधार दर ९.९९ प्रतिशत र स्प्रेडदर ४.४० प्रतिशत रहेको लक्ष्मी बैंकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ