arrow

नाडाले फेरि उठायो मोटरसाइकलमा दुईवटै हेल्मेट अनिवार्य गर्ने विषय, इम्बोस्ड नम्बर प्लेट ठूला साधनबाट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
raghubir-mahaseth-80-12-01.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले इञ्जिनको क्षमताका आधारमा इम्बोष्ड नम्बर प्लेट अनिवार्य गर्न सकारात्मक भएका छन् ।

नाडा अटोमोबाइल्स एशोसिएसनका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री महासेठले शुरुमा ठूलो क्षमताको सवारी साधनमा इम्बोस्ड प्लेट अनिवार्य गर्ने र पछि मात्रै सानो क्षमताको सवारीमा अनिवार्य गर्दै लैजान सकिने बताएका हुन् ।

बिहीबार एशोसिएसनका अध्यक्ष करण चौधरीसहित नेतृत्वको प्रतिनिधि मण्डलले भेटेर छलफल गरेको थियो । छलफलका क्रममा एशोसिएसनका तर्फबाट २६ बुँदे सुझाव बुझाइएको थियो । 

उक्त सुझावमा सवारी साधनमा लगाइँदै आएका विभिन्न प्रकारका करहरुको पुनरावलोकन, अनलाइन सेवा, अटोमोबाइल कम्पनीको दर्ता, इम्बोष्ड नम्बर लागू गर्ने विषय उल्लेख गरिएका थिए । 

एशोसिएसनले महासेठसमक्ष मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनु पर्ने विषयसमेत उठाएको छ । त्यस्तै सवारी चालक अनुमति पत्र, दुई पाँगे्र सवारीको वर्गीकरण, पार्किङ चार्जिङ स्टेशन लगायतका विषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री महासेठले प्रदेश सरकारले गर्ने विषय प्रदेशमै राख्न सुझाव समेत दिएका थिए । सो क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा, नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ समेत उपस्थित थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ