arrow

प्रतिनिधिमा गृहमन्त्री र राष्ट्रिय सभामा अर्थमन्त्रीले विधेयक प्रस्तुत गर्दै

दुवै सदन बैठकका यी हुन् कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
Parliament_building.png

काठमाडौँ । आजको प्रतिनिधि र राष्ट्रियसभामा गृहमन्त्री र अर्थमन्त्रीले विधेयक पेश गर्दै छन्। आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यस्तै राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्रीले विधेयक प्रस्तुत गर्दै छन् । अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 


प्रतिनिधि सभामा गृहमन्त्रीले राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक पेस गर्न बाहेक सभामा उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । 

साथै.व. २०८१-०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ । 


यता सवा ११ बजे शुरु हुने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री पुनले सुरक्षित कारोबार विधेयक प्रस्ताव प्रस्तुत गर्नेछन् । आज अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । 

आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ