arrow

घाँस काट्दा रुखबाट लडेर वडा सदस्यको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
Nilkantha_Nagarpalika.png

धादिङ । नीलकण्ठ नगरपालिका-१० का वडासदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ । 

दाउरा काट्ने क्रममा मंगलबार रुखबाट लडेर वडासदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए । 

रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष पाण्डेले जानकारी दिए । 

वडासदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित थिए

वडासदस्यको निधन भएको शोकमा नीलकण्ठ नगरपालिकाले बुधबार नगरपालिकामा बिदा दिने निर्णय गरेको छ । 

नीलकण्ठ-१० का वडासदस्य तिमिल्सिनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ