arrow

नीलकण्ठ नगरपालिकामा आज बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
dhading_district_map.png

मलेखु । धादिङको नीलकण्ठ नगरपालिकाले आज बिदा दिएको छ । 

नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएपछि बिदा दिइएको हो । 

दाउरा काट्ने क्रममा मंगलबार रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको थियो । 

वडा सदस्य तिमिल्सिना गत निर्वाचनमा खुलातर्फ वडा सदस्यमा निर्वाचित थिए ।

वडा सदस्य तिमिल्सिनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयमा एक दिनका लागि शोक बिदा दिने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ