arrow

पालुङटारलाई दूध र मासुमा आत्मनिर्भर बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
paluntar-nagarpalika.jpg

गोरखा । गोरखाको पालुङटारलाई दूध र मासुमा आत्मनिर्भर बनाइने भएको छ । यसका लागि पालुङटार नगरपालिकाले यस आर्थिक वर्षमा ५५ लाख रुपैयाँ विनियोजन गरेर विभिन्न कार्यक्रम अघि बढाएको छ ।

नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद देवकोटाका अनुसार कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गाईभैँसी वितरण गरिएको छ । जसमा चार वटा समूह छनोट भएर तीन समूहलाई गाई र एउटा समूहलाई भैँसी प्रदान गरिएको छ ।

पालुङटार-७ स्थित जुरीखोला बहुउदेश्यीय कृषक समूह, खहरे उद्यमशील युवा कृषक समूह र पालुङटार-९ स्थित सफल पशुपंक्षी किसान समूहले अनुदानमा गाईभैंसी पाए । समूहलाई मूर्रा जातको भैंसी र जर्सी एवं होलस्टिन फ्रिजियन जातको गाई वितरण गरिएको हो ।

सफल पशुपंक्षी समूहमा आवद्ध कृषकको संख्या धेरै भएकाले यो समूहलाई एउटा गाई र एउटा भैँसी दिइएको पशु शाखा प्रमुख देवकोटाले जानकारी दिए ।

अन्य समूहले एक/एक वटा गाई प्राप्त गरेका छन् । गाईको हकमा अधिकतम् ४० हजार र भैंसीको हकमा अधिकतम् ६० हजार रुपैँया अनुदान रकम उपलब्ध गराइएको उनले बताए ।

यसैगरी पालुङटार-७ स्थित जुडीखोला बहुउद्देश्यीय समूह र खहरे कृषक समूहलाई चिलिङ भ्याट खरिदका लागि १५ लाख रुपैयाँ र पालुङटार-६ को सुनौलो बाख्रापालन समूहलाई दुई वटा बोयर बोका वितरण गरिएको देवकोटाले बताए ।

यस्तै, नगरपालिकाले गोठ सुधार, औषधि र घाँसका लागिसमेत अनुदान उपलब्ध गराउँदै आएको छ । औषधि र घाँसका लागि बार्षिक २५ हजारका दरले अनुदान उपलब्ध गराइएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ