arrow

गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउँछ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
kedar-karki-chief-minister-koshi-2080-07-01.jpg
तस्बिर-फाइल

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा उनीहरुले समाजलाई सही दिशातर्फउन्मुख गराउने बताएका छन् ।
     
नारदमुनि-पवित्र लुइँटेल स्मृति कोषद्वारा आयोजित ‘झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले बालबालिकालाई शिक्षाप्रति अभिप्रेरित गरेमा समाज र राष्ट्रको उन्नतिमा सहयोग पुग्ने धारणा राखे । त्यस अवसरमा सञ्चारकर्मी सुशीला पाठकलाई नगदसहित सो पुरस्कार प्रदान गरिएको थियो ।
    
उनले अङ्कका आधारमा विद्यार्थी उत्कृष्ट नहुने चर्चा गर्दै खेलाडी कुशल भूर्तेल र दीपेन्द्र ऐरीले क्रिकेटका माध्यमबाट कायम गरेको विश्व कीर्तिमानीको उदाहरण प्रस्तुत गरे । 

उनले भने, “कक्षाकोठा बाहिरको मैदान पनि रोजगार र शिक्षाको केन्द्र हुँदै गएको छ । शिक्षक र अभिभावकले यो यथार्थलाई बुझ्न सक्नुपर्छ ।” 

उनले गायिका मेनुका पौडेलले आफ्नो मेहनतबाट नेपालको नाम विश्वमा राख्न सफल भएको उदाहरण पनि प्रस्तुत गरे । 
    
सोही अवसरमा मुख्यमन्त्री कार्कीले सरस्वती विद्यालयका जेहेन्दार छात्रछात्रा उत्कृष्ट र निवर्तमान शिक्षकहरुलाई नगदसहित सम्मान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ