arrow

 स्वर्गको एक टुक्रा कालिञ्चोक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
kalinchowk-bhagwati-2080-(1.jpg

दोलखा । दोलखा सदरमुकाम चरिकोटबाट करिब १५ किलोमिटर उत्तर कालिञ्चोकमा अवस्थित कालिञ्चोक मन्दिर ३ हजार ८४२ मिटरको उचाइमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवतीसमेत ७ भगवती दिदीबहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। 

कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिमश्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। जनैपूर्णिमा, दशैँ, चैते दशैंमा भक्तजनको भीड लाग्ने गर्दछ। 

कालिञ्चोक चरीकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थस्थल हो ।
 
कालिञ्चोक पर्यटकीय र धार्मिक दुवै दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छ । कालिञ्चोक भगवतीको दर्शन गर्ने तीर्थयात्रीदेखि हिउँ खेल्न रुचाउने युवाहरु अनि प्रेमका जोडीहरु सबैले रुचाएकाले कालिञ्चोक काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको सूचीमा आउँछ। 

भगवती देवीले आफ्नो इच्छा पूरा गरिदिने विश्वास लिएर भक्तजनहरु टाढाटाढाबाट कालिञ्चोक आउने गर्छन् । फिल्मकर्मीहरुले पनि यो ठाउँ मन पराएका छन् र थुप्रै चलचित्र र म्युजिक भिडियो पनि यहीँ खिचिने गरिन्छ । 

मन्दिर जान सहजताको लागि यहाँ कालिञ्चोक प्राली केवलकारले सेवा दिइरहेको छ। उकालो चढ्न गाह्रो हुनेहरुलाई केवलकारको सहयोगमा माथि जान पाइन्छ । 

कुरी गाउँमा हिउँदमा हिउँ खेल्न आउनेहरुको भीड नै लाग्ने गर्दछ । हिउँदको समयमा कुरीका होटलहरुलाई भ्याइनभ्याइ हुने गर्छ । 

जाने हैन त कालिञ्चोक ? 

kalinchowk-bhagwati-2080 (1).jpeg
kalinchowk-bhagwati-2080 (2).jpeg
kalinchowk-bhagwati-2080 (3).jpeg
kalinchowk-bhagwati-2080 (4).jpeg
kalinchowk-bhagwati-2080 (5).jpeg
kalinchowk-bhagwati-2080 (6).jpeg
kalinchowk-bhagwati-2080 (7).jpeg
kalinchowk-bhagwati-2080 (8).jpeg
kalinchowk-bhagwati-2080 (9).jpeg
kalinchowk-bhagwati-2080 (10).jpeg
kalinchowk-bhagwati-2080 (11).jpeg
kalinchowk-bhagwati-2080 (12).jpeg
kalinchowk-bhagwati-2080 (13).jpeg
kalinchowk-bhagwati-2080 (14).jpeg
kalinchowk-bhagwati-2080 (15).jpeg
kalinchowk-bhagwati-2080 (16).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ