arrow

जीप दुर्घटना हुँदा नौ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
jeep-aacident-syangjapolice.jpg

पोखरा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग२च ७४७९ नं.को बलेरो जीप ब्रेक फेल भइ सडकबाट २० मिटर तल सोही सडकको तल्लो खण्डमा खस्दा दुर्घटना भएको हो ।

घाइते हुनेमा जीप चालक स्याङजा वालिङ-११ जोहानखोलाका ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, वालिङ-१० की ३२ वर्षीया शुकमाया सुन्धौली, उनका छोरा बर्ष १३ का संगम सुन्धौली, वालिङ-११ छत्युन बस्ने १९ वर्षकी नम्रता खत्री छन् । उनीहरुको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यसैगरी पाँच जना घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको स्याङ्जा प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।

जसमा वालिङ-११ छत्युनका ७७ वर्षीय रनबहादुर मगर, ७५ वर्षीय लाटी मगर, भिरकोट नगरपालिका-५ स्वरेककी ३० वर्षीया विन्दु खवास, वालिङ-११ जुहानखोलाकी ३६ वर्षीया हुमकला पंगेनी र वालिङ-११ भकभकाकी १७ वर्षीया करिना खवास छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ