arrow

खार्पा महोत्सव तथा श्रीमद्भागवत् सप्ताह ज्ञान चैत अन्तिम साता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
kharpa-mahotsav-80-12-12.jpg

खोटाङ । खार्पा महोत्सव तथा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ चैत २७ गतेबाट २०८१ वैशाख ३ गतेसम्म आयोजना गरिने भएको छ । 

महोत्सव आयोजनाको तयारी शुरु भइसकेको महोत्सव प्रचार प्रसार समितिका संयोजक रामकृष्ण पोखरेलले बताए । 

उनले महोत्सव र श्रीमद्भागवत सप्ताहको लागि गठन भएको विभिन्न समितिहरुले काम शुरु गरिसकेको जानकारी दिए । 

महोत्सवले धर्मप्रतिको आस्था बढाउनुको साथै धार्मिक पर्यटन प्रवद्र्वनमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ । 

महोत्सवमा भारतबाट पनि भक्तजनहरुले सहभागिता जनाउने भएका छन् । यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । 

खोटाङको रावावेसी –२ शारदा माविमा हुने सो सप्ताह ज्ञान महायज्ञको आयोजकमा चेलीबेटी समूह रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ