arrow

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
pakrau9.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् । 

लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनका अनुसार लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो ।

जिल्ला अदालत काठमाडौँले गत मङ्सिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ