arrow

नेकपा एसबाट इलाम २ मा जीतबहादुर उम्मेदवार, सत्ता गठबन्धन थप पेचिलो बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले इलाम–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका छन् । 

यद्यपि एकीकृत समाजवादीले आधिकारिक निर्णय गर्न भने बाँकी रहेको छ । उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुँदैछ । अहिलेसम्म एमालेले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ । 

त्यस्तै राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बूलाई उम्मेदार बनाउने तयारी गरेको छ । यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दैछ ।

त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदार उठाउने निर्णय गरको हो ।

योसँगै एकपटक नयाँ सत्ता गठबन्धनमा तरङ्ग छाएको छ । एमालेले ठूला सबै अवसर गुमाएको र मन्त्रालय पनि छाडेका पाएको तर इलाम २ भने प्रतिष्ठाको विषय बनाइरहेको अवस्थामा सत्ताधारी दलहरुले नै प्रहार गर्ने गरी उम्मेदवार उठाउने निर्णय गरेका छन् ।

यसले गर्दा सत्ता गठबन्धन कि त स्वतन्त्र रुपले चुनाव लड्ने वाचा पूरा गर्नेतर्फ योजनामा छ कि त यसले फेरि सत्ता ढाल्ने योजना ल्याृउँदैछ भन्ने शंका बढेको छ । 

यद्यपि मनोनयन दर्ता गर्ने बेलासम्मको समीकरण फरक हुन सक्ने पनि आँकलन गर्न सकिन्छ । जे भए पनि सत्ता गठबन्धन थप पेचिलो बन्दै जाने निश्चित छ । 
 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ