arrow

नेपाल र कोरियाबीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जीएलएनले गरे सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
Fonepay-X-GLN-CP.jpg

काठमाडौँ । फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी जीएलएन इन्टरनेशनल मिलेर नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यस सम्झौताको आधारमा दुई कम्पनीले नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाव्यता गरिने लेखिएको छ । फोनपे  र जीएलएन यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरुले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने फोनपेले जनाएको छ । 

कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताहरूले हाना वान् क्यू, केबी वालेट, आईएम बैंक, टस, हाना मनि र जीएलएन एप जस्ता बैंकिङ एप्समार्फत फोनपेको १३ लाख स्टोरहरूमा रियल टाइम पेमेन्ट क्यूआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्ने पनि फोनपेले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

"विश्वभर क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप जीएलएन र फोनपेसंग यो सहयोगी यात्रामा म उत्साहित छु," जीएलएनका सीईओ क्युङ्घो किमले भने । "यो पार्टनर्सिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयाम थपेको छ, त्यसै परस्पर सीमाहरूबीच इनोभेटिभ पेमेन्ट सोलुसन्स प्रदान गर्ने हाम्रो मिशनलाई पनि सार्थक तुल्याएको छ ।" 

फोनपेका  सीईओ दिवस कुमारले भने, "हामी जीएलएनसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरुमा विस्तार गर्न उत्साहित छौँ र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौँ । यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ, वित्तीय समावेशी बढाउन तथा नेपाललाई  एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्याउनेछ ।"


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ