arrow

फागुनमा निर्जीवन बीमाशुल्क तीन अर्ब ६८ करोड, पाँच कम्पनीको व्यापार घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
non-life-insurance-always.jpg

काठमाडौँ । फागुन महिनामा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ६८ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन् । कम्पनीहरुले बीमा प्राधिकरणमा पठाएको तथ्यांकअनुसार सञ्चालनमा रहेको १४ बीमा कम्पनी र तीन लघुबीमा कम्पनीले सो बराबरको व्यापार गरेका हुन् । 

अघिल्लो वर्षको फागुनमा बीमा कम्पनीहरुको व्यापार दुई अर्ब ८१ करोड रुपैयाँ मात्रै थियो । अहिलेको व्यापार अघिल्लो फागुनको तुलनामा ३१ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको फागुनमा मात्रै १३ खर्ब ९ अर्ब रुपैयाँ बराबरको बीमांक कायम गरेका बीमा कम्पनीहरुले यो वर्षको फागुनमा बीमांकको आकार १६ खर्ब ६ अर्ब पुर्याएका छन् । 

फागुनको व्यापारमा उल्लेख्य सुधार भए पनि यो अवधिसम्मको व्यापारमा भने सामान्य मात्रै सुधार देखिएको छ । 

बीमा कम्पनीहरुको फागुनसम्मको कुल बीमा शुल्क २६ अर्ब २६ करोड रुपैयाँ छ । अघिल्लो वर्ष फागुनसम्म यस्तो शुल्क २५ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । 

कसले कति गरे व्यापार ? 
यो अवधिमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीमध्ये दुई कम्पनीले ३ अर्ब भन्दा माथि, चार कम्पनीले २ अर्ब भन्दा माथि, ६ कम्पनीले एक अर्ब भन्दा माथि र बाँकी दुई कम्पनीले एक अर्ब भन्दा कमको व्यापार गरेका छन् । 

तीन अर्ब भन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स ३ अर्ब ७४ करोड, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स ३ अर्ब ४ करोड रहेका छन् । 

त्यस्तै २ अर्ब भन्दा माथि व्यापार गर्नेमा सिद्धार्थ, आईजीआई पु्रडेन्सियल, नेको र हिमालयन एभरेष्ट रहेका छन् । त्यस्तै एक अर्ब भन्दा माथि व्यापार गर्नेमा क्रमशः नेको, युनाइटेड अजोड, एनएलजी, सानिमा जीआईसी, राष्ट्रिय बीमा कम्पनी, प्रभु इन्स्योरेन्स र ओरेन्टल इन्स्योरेन्स रहेका छन् । 

नेपाल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको व्यापार भने एक अर्ब भन्दा कम रहेको छ । 

पाँच कम्पनीको व्यापार घट्यो
फागुनसम्मको तथ्यांकको आधारमा पाँच कम्पनीको व्यापार घटेको छ । राष्ट्रिय बीमा कम्पनीको ३०.२६ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १४.३३ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको १३.५३ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.९५ प्रतिशत र नेपाल इन्स्योरेन्स ०.९० प्रतिशत व्यापार घटेको हो । 

उता ओरेन्टल इन्स्योरेन्सको व्यापार सबैभन्दा बढी २६.९५ प्रतिशत र नेशनल इन्स्योरेन्स १८.०८ प्रतिशतले व्यापार बढेको छ । त्यसबाहेक प्रभु, शिखर र सानिमा जीआईसीको व्यापारसमेत दोहोरो अंकले बढेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ