arrow

स्थानीयको गुनासो सुन्दै गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
gagan-thapa-lumbini.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीयको गुनासो सुनेका छन् ।  

बिहीबारदेखि शुरु भएको दोस्रो चरणको संवाद यात्राको दोस्रो दिन लुम्बिनी पुगेर महामन्त्री थापाले स्थानीयको गुनासो सुनेका हुन् । 

स्थानीय लुम्बिनी क्षेत्र भित्रमा बनेका मनास्ट्रिहरुले दशकौँ देखि मन्दिर भित्रै पर्यटकहरू  बसालेर आफ्नो व्यवसाय चौपट पारेको गुनासो गरेका छन् । 

व्यवसयीहरुले गरि खान नदिएको भन्दै 'गरि खान देऊ' भन्ने नारासहित धर्नामा बसेको थिए ।    

महाकाली यात्राका क्रममा रहेका मा महामन्त्री थापाले आफुले यस समस्याको समाधानका लागि पहल गर्ने बताए । 

उनले यसलाई गैर धार्मिक विषय भएको भन्दै आफू काठमाडौँ फर्केपछि प्रधानमन्त्रीसहित मन्त्रालयसँग कुरा राख्ने बताए ।  

सङ्घीय संसद्को पर्यटन समितिमा निवेदन दिन र सो विषयमा छलफल हुने व्यवस्था मिलाउने गगनले बताए । साथै समितिबाटै सो विषय टुङ्गिने आश्वास दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ