arrow

कास्कीको भदौरेमा जीप दुर्घटना, नौ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
jeep-accident-kaski.jpg
तस्बिर : भानु पराजुली

पोखरा । कास्कीमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । 

अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरेमा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निरीक्षक सूर्य रानाले जानकारी दिए । 

दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै गरेको इन्स्पेक्टर रानाले बताए ।

घटनास्थलमा प्रहरी पुगिसकेको र सशस्त्र प्रहरी टोली पनि घटनास्थलतर्फ लागेको उनले बताए । 

पोखराबाट भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप दुर्घटनामा परेको उनले बताए । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ