arrow

कांग्रेसलाई बहुमत ल्याउन सक्ने पार्टीको रूपमा स्थापित गर्नुछ- देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
deuba-congress-mahasamiti-meet-2080-11-07-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रूपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । 

उनले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको हो । सभापति देउवाले कांग्रेसलाई आगामी दिनमा बहुमत ल्याउन सक्ने पार्टी बनाउनका लागि महिला दिदिबहिनीहरुको महत्त्वपूर्ण भूमिका हुने भन्दै त्यसमा काममा लाग्न पनि आग्रह गरे । 

उनले पार्टीमा आबद्ध महिलाहरूलाई अझ बढी सशक्तीकरण गर्दै नेपाली कांग्रेसलाई आगामी दिनमा बहुमत ल्याउने पार्टी बनाउन सिंगो पार्टी पङ्क्ति लाग्नुपर्ने उनको भनाई थियो । 

उनले भने, ‘हाम्रो पार्टीले पनि पार्टीको विधानमा नेपालको संविधान अनुसार नै समावेशी व्यवस्था गरेका छौं । यस मानेमा हाम्रो पार्टी पूर्ण रूपमा समावेशी छ । नेपालको संविधान अनुसार समावेशी छ । तर यस्तो काम गरेको, यसको लागि लडेको पार्टीमा आपसी एकताको कमी होस, जे सुकैको कमीले होस् । यद्यपि हाम्रो पार्टी ठुलो बनेको छ । अहिलेको हिसाबले सबैभन्दा ठुलो पार्टी छ हाम्रो पार्टी । अहिलेको संविधान अनुसार हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी छ । तर बहुमत प्राप्त गरेको छैन । बहुमत प्राप्त गर्न सजिलो पनि छैन वास्तवमा । अहिलेको बेला समावेशी, समानुपातिक आधारको संविधान भएको कारण सबैलाई प्रतिनिधित्व गर्ने हिसाबले बहुमत आउन गाह्रो छ । तर पनि अहिले हाम्रो पार्टी ठुलो पार्टी छ । भोलि बहुमत ल्याउन सक्ने पार्टीको रूपमा हामीले स्थापित गर्नु छ । त्यसका लागि महिलाहरूको धेरै ठुलो योगदान हुन्छ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ