arrow

लक्ष्मी सनराइज बैंकको लैङ्गिक समानता र महिला सशक्तिकरण कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
laxmi-sunrise-80-12-18.jpg

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै "स्पार्क'२४: इम्पावरिङ विमन इन लिडरशिप-इन्सपायर इन्क्लुजन" कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणबारे बोलेका थिए ।

कार्यक्रमको समापन मन्तव्यमा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यावसायिक विकास तथा मानसिक एवं शारीरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए । 

यस पहलमा वृहत मेन्टरशिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्था लगायतका योजनाहरू समावेश छन् ।

शाहले महिलाहरूलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्दै उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीति मार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता व्यक्त गरे । 

साथै उनले बैंकमा लैङ्गिक प्रतिनिधित्त्व वृद्धि गर्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै सक्षम र योग्य महिला जनशक्तिको व्यावसायिक वृद्धि र उन्नतिलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न पहलहरू कार्यान्वयन गर्न जारी राख्दै भविष्यमा कर्मचारीहरुको निम्ति संस्थाले प्रदान गर्नुपर्ने हेरचाह र उपयुक्त समयको व्यवस्थापनमा तयार रहने बताए ।

पछिल्लो तथ्यांक अनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी टर्नओभर रेसियो ७ प्रतिशत रहेकोमा लक्ष्मी सनराइज बैंकको १ प्रतिशत भन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने बैंकको प्रयासको सकारात्मक परिणामहरू झल्काउँछ।

हाल बैंकमा ३६ प्रतिशत जनशक्ति महिला छन् भने महानगरहरूमा सो अनुपात ४५ प्रतिशत रहेको छ। काठमाडौँ उपत्यका भित्रका बैंकका करिब ४० प्रतिशत शाखामा महिला शाखा प्रबन्धकहरू रहेका छन् भने बैंकको २५ प्रतिशत विभागको नेतृत्त्व महिलाहरुले गरिरहेका छन् ।

सो कार्यक्रमको अन्त्यमा लैगिंक समावेशीता, समानता र सशक्तिकरण झल्काउन सबै सहभागीहरू मिली 'आधुनिक मिथिला पेन्टिङ' पनि बनाइएको थियो । 

लक्ष्मी सनराइज बैंकको "स्पार्क'२४: इम्पावरिङ विमन इन लिडरशिप-इन्सपायर इन्क्लुजन" कार्यक्रमले एक वार्षिक परम्पराको शुरुआत गरेको छ, जसले सकारात्मक परिवर्तनलाई अगाडि बढाउने र सबैका लागि थप समावेशी र समतामूलक भविष्य निर्माण गर्ने बैंकको प्रतिबद्धतालाई सुदृढ पारेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ