arrow

कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
karagar.JPG
तस्बिर फाइल

बाजुरा । बाजुरामा रहेको कारागारको भवन जीर्ण छ । भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रात कटाउन बाध्य छन् । 

अपराध गरेर सुधारका लागि बनाइएको कारागारको कैदीबन्दी भवन नै भूकम्पका कारण चिराचिरा परेपछि उनीहरु डरैडरले रात बिताउने गरेका छन् । 

विभिन्न अपराधमा संलग्न भएर अदालतबाट कैद सजाय पाइरहेका कैदीबन्दीले जेलभित्र बस्ने पर्याप्त भवन नहुँदा थप सास्ती भोग्दै आएका हुन् । वर्षांै पहिले बनेको तीनवटा भवन ढुङ्गाले छाएको, जीर्ण तथा झ्यालसमेत नहुँदा कष्टकर रात बिताउन सकस भएको छ । 

कैद भोगिरहेका उनीहरुले जेलभित्र पनि सहज रुपमा जीवनयापनको महसुस गरेका छैनन् । बस्नका लागि बास तथा शौचालयको अवस्था पनि निकै दयनीय छ । भवन अभावका कारण एउटा कोठामा २५ जना बढी कैदी उभिएरै रात कटाउने गरेका छन् । 

जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा सकस भएको कारागार प्रमुख हंसबहादुर बोहराले बताए । उनका अनुसार २५ जनाको क्षमता भएको जिल्ला कारागारमा अहिले ७८ कैदी छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई बस्नका लागि कोठाको व्यवस्थापन नहुँदा रातभर जागराम बसेर रात बिताउने गरेका उनको भनाइ छ ।

कैदीलाई भवनको व्यवस्थापन गर्न नसके कारागारभित्र रहेको खाली ठाउँमा त्रिपाल हालेर राख्नुपर्ने बोहराले बताए । 

कारागारको भवन निर्माणका लागि जग्गा भए पनि सरकारले कुनै चासो नदेखाएकाले दुःख पाएको कैदीबन्दीले गुनासो गरेका छन् । स्थानीय तह, प्रदेश तथा सङ्घका जनप्रतिनिधिलाई निरिक्षणका क्रममा भवन तथा कैदीको समस्या जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ