arrow

जितका लागि नेपाललाई आयरल्याण्डले दियो १७५ रनको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
nepal-ireland-12-23.jpg

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए (वोल्भ्स) बीचको दोस्रो एक दिवसीय क्रिकेट श्रृंखलामा नेपालले आयरल्याण्डलाई १७४ रनमा रोकेको छ ।

टस जितेर बलिङ रोजेको नेपााले आयरल्याण्डलाई ३८.४ ओभरमा सबै विकेट लिएर १७४ रनमा समेटेको हो । नेपालले जितका लागि अब निर्धारित ओभरमा १७५ रन ल्याउनुपर्नेछ । 

यसअघि पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । खेलमा पहिले ब्याटिङ गरेको आयरल्याण्डले ३८.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाए पनि नेपालले जित्न सकेको थिएन । 

त्यसअघि ए टिमले आपसमा तीन खेलको टी–२० शृङ्खला खेलेका थिए । जसमा नेपाल २–१ ले पराजित भएको थियो । 



नयाँ