arrow

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन

उपनिर्वाचनका लागि इलाममा २० उम्मेदवारले गराए मनोनयन दर्ता [भिडियो]

चुनाव जितिने कांग्रेस एमालेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २४ शनिबार
ilam-election-damber-khadka-suhang-nembang.jpg

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । 

शनिबार दिउँसो उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका २० उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

उपनिर्वाचनका लागि राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। 

नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेका छन् । 

उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आफूले इलाममा गरेको सामाजिक कार्यहरू हेरेर भोट दिन आग्रह गरे । उनले आफूले नेपाली कांग्रेसमा २०३९ सालदेखि काम गरिरहेकाले पनि भोट दिएर जिताउन आग्रह गरे । 

उनले गठबन्धन ठुलो कुरा नभएको बताउँदै आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको बताए । खड्का यसअघि सुवासचन्द्र नेम्वाङसँग ११४ मतको झिनो मतान्तर पराजित भएका थिए । 

यता नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको बताए । उनले नयाँ ढङ्गले प्रचारप्रसार गर्ने बताए । 

उनले बिना गाली गलौज र टीकाटिप्पणी बिना प्रचारप्रसार गर्ने बताए । सबै जना सक्षम र अब्बल रहेकाले आफ्नो शतप्रतिशत दिएर काम गर्ने बताए । 

उनले पिता स्व. सुवासचन्द्र नेम्वाङले गरेका कामहरूको पदचाप पछ्याउँदै झनै राम्रो गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूले आफू स्थानीय भएको र इलामवासीले चुनाव जिताएर पठाउने विश्वास व्यक्त गरे । 

इलाम–२ बाट निर्वाचित सांसद तथा पूर्वसभाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ