arrow

क्लिन स्वीप हुनबाट बच्न आयरल्याण्डलाई जित्नै पर्ने दबाबमा नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
nepalA-irelandA-2024-03-30.jpg

काठमाडौँ ।नेपाल भ्रमणमा रहेको आयरल्याण्ड 'ए' र नेपाल 'ए'बीच आज अन्तिम प्रतिस्पर्धा गर्दै छन् । सिरिजअन्तर्गत यसअघिका दुई खेलमै आयरल्याण्ड 'ए' विजयी भएको छ । 

सामान्य लक्ष्य पाएको नेपाल पहिलो र दोस्रो खेलमै ब्याटिङमा राम्रो गर्न नसक्दा पराजित भयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान साढे ९ बजेदेखि शुरु हुने खेलमा क्लिन स्वीप हुनबाट बच्न नेपाललाई आज जित्नै पर्ने दबाब छ । 

पहिलोमा २१ र दोस्रोमा ११४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा बिर्सन लायक प्रदर्शन गरेको थियो । १७५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ६० रनमै अल आउट भएको थियो ।



नयाँ