arrow

आयरल्याण्ड वोल्भ्ससँग नेपाल एको लगातार तेस्रो हार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
nepal-ireland-A.jpg

काठमाडौँ। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई लगातार तेस्रो खेलमा प्रज्ती गरेको छ। एक दिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुँदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए। त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए। त्यसै गरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए। 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो। आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए।

त्यसै गरी नेपाल ए का बलर रिजन ढकाल र रञ्जित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए। यो जितसँगै आयरल्याण्ड वोल्भ्सले एक दिवसीय सिरिज ३-० ले जितेको छ। यस अघि आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको थियो।



लोकप्रिय समाचार
नयाँ