arrow

नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
nepal-cricket-india-gujarat-team-win.jpg

काठमाडौँ। नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसिएसनको टिमलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो।

नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८  रन बनाएको थियो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २७६ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएका थिए। त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दीपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१  र सन्दीप जोराले ७ रन बनाएका थिए।

त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक एक विकेट लिएका थिए। योसँगै नेपाली क्रिकेट एसीसी प्रिमियर कप खेल्न भारतबाटै ओमान जाने छ।



नयाँ