arrow

रुवान्डा नरसंहारको सम्झनामा राष्ट्रिय शोक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
Rwanda.png

काठमाडौँ । सन् १९९४ मा टुत्सी विरुद्धको नरसंहारको ३० औँ वार्षिकोत्सव मनाउन रुवान्डाले आइतबारबाट एक हप्ता राष्ट्रिय शोक र सय दिनको सम्झना शुरु गरेको छ । 

राष्ट्रपति पल कागामे र प्रथम महिला जेनेट कागामे, राज्य र सरकारका प्रमुखहरूसहित विदेशी विशिष्ट व्यक्तिहरूको साथमा किगाली नरसंहार स्मारकमा माल्यार्पण गरेर शुरु गरिएको थियो । जहाँ २ लाख ५० हजार भन्दा बढी मृतकहरूको अन्त्येष्टि गरिएको छ । 

रुवान्डाको राजधानी किगालीको एउटा मैदानमा भाषण गर्नुअघि प्रथम महिलासँगै कागामेले स्मारकमा फ्लेम अफ रिमेम्बरेन्स प्रज्वलन गरेका थिए । कागामेले राष्ट्रिय एकतालाई अँगालेर, एक अर्काप्रति जबाफदेही भएर र त्रासदीको क्षितिजभन्दा बाहिर सोचेर राष्ट्रको पुनरुत्थानका लागि मिलेर गरिएको छनोटको परिणाम स्वरूप नरसंहार पछि रुवान्डाले ठुलो प्रगति गरेको उल्लेख गरे । 

सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठनले विश्व सम्पदाको सूचीमा राखेका देशका विभिन्न भागमा रहेका चार वटा नरसंहारको सम्झना स्थलमा अप्रिल ७ देखि सात दिनसम्म स्मरणको ज्वाला प्रज्वलन गरिँदै छ । किगालीमा वाक टु रिमेम्बरसहित देशभर अन्य स्मरणात्मक गतिविधिहरू सञ्चालन गरिनेछन् । 

राष्ट्रिय झन्डा आधा झुकाएर शोक सप्ताहमा मनोरञ्जन तथा खेलकुद प्रतियोगिता स्थगन गरिएको छ । सन् १९९४ मा १०० दिनभित्र हुतु चरमपन्थीहरूले गरेको नरसंहारमा करिब १० लाख मानिस मारिएका थिए । जसमा अधिकांश टुत्सी समुदाय र उदारवादी हुटस थिए । 

कागामाले देशको पुनर्जन्ममा योगदान पुर्‍याएकोमा विश्वभरका रुवान्डाका साझेदारहरूको प्रशंसा गरे । उनले नाइजेरियाका राजदूत इब्राहिम गाम्बारी, चेक गणतन्त्रका कारेल कोभान्डा र न्युजिल्यान्डका राजदूतको प्रशंसा गरे । 

जसले सन् १९९४ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा नरसंहारलाई सही नामले बोलाउने र थप शक्तिशालीबाट राजनीतिक दबाबको प्रतिरोध गर्ने शाहस भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ