संसद बैठक १ः१४ बजे १५ मिनेटका लागि स्थगित, सरकार सहकारीको छानबिन गर्न समिति बनाउनै अनिच्छुक
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
1.3k
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । दुई घण्टा ढिला गरी बसेको बैठक पाँच मिनेटमै अवरुद्ध भएपछि १ः१४ बजे स्थगित भएका थियो ।
बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोर्याएको थियो ।
कांग्रेस सांसद सुशिला थिङले सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारबाहीको दायरामा आउनुपर्ने माग गरेकी थिइन् ।
सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका थिए । लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका छन् ।