arrow

संसद अधिवेशन अन्त्य हुनुअघि कांग्रेस संसदीय दलको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारले संसद्को चालु अधिवेशन आइतबारदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गरेपछि संसद अवरुद्ध हुँदै आएको छ । 

सत्ता गठबन्धन दलहरुले संसदको चालु अधिवेशन अन्त्य गरी विभिन्न विधेयक अध्यादेशबाट ल्याउने योजना बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ