arrow

वैवाहिक बलात्कारमा पूर्वन्यायाधीश गिरी जेल चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
bhuwan-giri-judge-rape-wife.jpg

काठमाडौँ । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरी काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएपछि जेल चलान भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौँ जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । 

काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानूनी लडाइँ लडिरहेकी थिइन् ।

अदालतमा आत्मसमर्पण गरेका गिरीलाई थुनामा पठाइएको छ ।
 



नयाँ