arrow

गृहमन्त्रीको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो- मन्त्री चौधरी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
bhagawati-chaudhary-81.jpg

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छन् । 

पत्रकारिता पेशामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको प्रसङ्ग कोट्याउँदै उनले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्तासमिकरणमा पनि जोडिएर आएको बताइन् । पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भए पनि सम्मानित पेशा भएको बताइन् । उनले पत्रकारिता पेशालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको समेत बताइन् ।

मन्त्री चौधरीले भनिन्, ‘पत्रकारिता पेशामा दुःख चाहिँ छ । तर आफूलाई माहौल बनाउँदै गयो भने यो सेक्टर पनि नराम्रो होइन । तपाईँहरूकै पत्रकारिता क्षेत्रबाट अहिले नेपाल सरकारको उपप्रधानमन्त्री माननीय गृहमन्त्री हुनुहुन्छ । भनेपछि तपाईँहरू यदि राम्रो ढङ्गले जाने हो भने यद्यपि केही कुराहरू उनको विषयमा उठेको अवस्था छ । यो समीकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ । तथापि पनि यो पेशा नराम्रो होइन । त्यसो त यो सम्मानित पेशा हो । गर्न सक्यो भने धेरै राम्रो हुनसक्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ