arrow

पहिलो पटक वेष्ट इन्डिजको टोली काठमाडौँमा, नेपाललाई विश्वकपको तयारीमा फाइदा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
wi-player.jpg

काठमाडौँ । नेपालसँग क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको छ । बुधबार बिहान रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको हो ।

दुई पटक एक दिवसीय र एक पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजको कुनै पनि टिम नेपाल टुरमा आएको यो पहिलो पटक हो ।

नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

त्यस्तै प्रशिक्षण टिममा मुख्य प्रशिक्षक( फ्लोयड रेफर, सहायक प्रशिक्षक रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन प्रशिक्षक शेन कुपर, प्रबन्धक र विश्लेषक अवनेश सीताराम रहेका छन् ।

सावैजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल शनिबार अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौँ ४ मे मा हुने छ । 

सबै खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि शुरु हुनेछन् । नेपाली टिम एसीसी प्रिमियर कपमा कमजोर प्रदर्शन गर्दै ओमानबाट फर्किएको छ । 

आगामी जुन २ तारिखदेखि वेष्ट इन्डिज र अमेरिकाको आयोजनामा टी–२० विश्वकप हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ