लक्ष्मी सन्राइज बैङ्कको काठमाडौँ उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
833
Shares
तस्बिर : फाइल
काठमाडौँ। लक्ष्मी सन्राइज बैङ्कले काठमाडौँ उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ। काठमाडौँ महानगरपालिकाको महाराजगन्जमा अवस्थित २ शाखामध्ये एक शाखा अब भक्तपुर जिल्ला स्थित सूर्य विनायक नगरपालिकाको वडा न। २, बालकोटमा स्थानान्तरण गरिएको छ।
त्यसै गरी, काठमाडौँ महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित मध्यपूर ठिमी नगरपालिकाको वडा न। ८,बोडेमा स्थानान्तरण भएको छ।
स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैङ्कले जनाएको छ।
स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरू माझ बैङ्किङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ।
हाल लक्ष्मी लक्ष्मी सन्राइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैङ्किङ एजेन्ट रहेका छन्।