arrow

वसन्तपुर क्षेत्रको अवलोकनमा जापानी विदेशमन्त्री खामिखावा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
japanese-minister-khamiwaba.jpg

काठमाडौँ । आइतबार नेपाल आएकी जापानकी विदेश मन्त्री खामिखावा योकोले आइतबारै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छिन् । उनी दिउँसो २ बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन् । 

उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् ।
    
 जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

विदेशमन्त्री खामिखावाले आइतबारै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आइतबारै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
 

japanese-minister-khamiwaba (1).jpg
japanese-minister-khamiwaba (2).jpg
japanese-minister-khamiwaba (3).jpg
japanese-minister-khamiwaba (4).jpg
japanese-minister-khamiwaba (5).JPG
japanese-minister-khamiwaba (6).jpg
japanese-minister-khamiwaba (7).jpg
japanese-minister-khamiwaba (8).jpg
japanese-minister-khamiwaba (9).jpg
japanese-minister-khamiwaba (10).jpg
japanese-minister-khamiwaba (11).jpg
japanese-minister-khamiwaba (12).jpg
japanese-minister-khamiwaba (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ