डेढ घण्टा ढिला भइसक्यो अझै बस्न सकेन प्रतिनिधि सभा बैठक
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक अझै शुरु हुन सकेको छैन । दिउँसो २ बजेदेखि बैठक बस्ने भनिए पनि डेढ घण्टा ढिला हुँदा पनि प्रतिनिधि सभा बैठक बस्न नसकेको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक नसकिएकाले प्रतिनिधि सभा बैठक सुरु हुन विलम्ब भएको हो । आजदेखि बजेट अघिवेशन शुरु हुँदै गर्दा सत्तागठबन्धन र प्रतिपक्ष दलहरुबीच तालमेल नमिल्दा बैठकमा ढिलाइ भएको बताइएको छ ।