arrow

बजेट अधिवेशन आजदेखि, राष्ट्रिय सभा बस्यो [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार

काठमाडौँ । राष्ट्रिय सभाको बैठक शुरु भएको छ । बजेट अधिवेशन अन्तर्गत आजदेखि संसद बैठक शुरु भएको हो । सोअन्तर्गत राष्ट्रिय सभा बसिरहेको हो । 

तर प्रतिनिधि सभा बैठक भने बस्न सकेको छैन । दिउँसो २ बजेदेखि बैठक बस्ने भनिए पनि एक घण्टा ढिला हुँदा पनि प्रतिनिधि सभा बैठक बस्न नसकेको हो । 

कार्यव्यवस्था परामर्श समितिको बैठक नसकिएकाले प्रतिनिधि सभा बैठक सुरु हुन विलम्ब भएको हो । राष्ट्रिय सभाको बैठक आरम्भ गर्दै अध्यक्ष नारायण दाहालले अधिवेशनलाई प्रभावकारी र रचनात्मक बनाउन आग्रह गर्दै सदनमा उठेका विषयमा उत्तरदायी हुन सरकारका सम्बन्धित मन्त्रीलाई स्मरण गराए ।

उनले प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयक र गैह्रसरकारी विधेयसमेतमा छलफल भई राष्ट्रिय सभामा फिर्ताको वातावरण बनाउन आग्रह गरे । 

 बैठकको पहिलो दिन सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका तर्फबाट बोल्ने क्रम जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ