arrow

मुलुकमा दुर्व्यसनको महामारी भुसको आगो जस्तै सल्किदै, गौरादहमा सडक नाटक 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८१ वैशाख २९ शनिबार
gauradaha-jesis-81.jpg

गौरादह । झापाको गौरादहमा दुर्व्यसनविरुद्ध सचेतना जगाउने उदेश्यले नाट्य कार्याशाला गोष्ठी शुरु गरिएको छ । गौरादह जेसिजको आयोजनामा उद्योग वाणिज्य संघ सभाहलस्थित जेसिज सचिवालयमा उक्त कार्यशाला गोष्ठी शनिबारबाट शुरु गरिएको हो ।
 
 लागुऔषध प्रयोग तथा दुर्व्यसनविरुद्ध सचेतना जगाउने उद्धेश्यले नाटक निर्माण गरी गौरादह क्षेत्रमा चोक, बजार तथा विद्यालयहरुमा प्रदर्शन गरिने जेसिज अध्यक्ष खड्ग थापाले बताए । 

 कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ऐले मुलुकमा जताततै दुर्व्यसनको महामारी भुसको आगो जस्तै सल्किरहेको बताए ।

आफू २०२४ को अध्यक्षमा निर्वाचित भएपश्चात  पहिलो कार्यस्वरुप गौरादह क्षेत्रमा नजानिँदो ढंगले फैलिएको लागुऔषध तथा दुर्व्यसनको प्रयोग नियन्त्रणका लागि विशेष पहल गर्ने आफ्नो प्रतिबद्धता अनुरुप संस्थाले लागुऔषध नियन्त्रण सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको जनाए ।

छिमेकी मुलुक भारतको सीमाना देखि  करिब १५ किलोमिटर दुरिमा रहेको गौरादह नगरपालिका  तथा आसपासका पालिकाहरुमा लागूऔषध तथा दुर्ब्यशन प्रयोगकर्ताको संख्या भुसको आगो जस्तै अत्यधिक रुपमा फैलिएकोले कोठाभित्र आयोजना गरिने सचेतनामुलक कार्यक्रमले मात्र दुर्व्यसन नियन्त्रण सम्भव नभएकोले त्यसका लागि फरक ढङ्गबाट जेसिज टिम लागिसकेको बताए  ।  


सुरक्षा निकायसँग आवश्यक समन्वय गरी बजार, चोक र विद्यालयहरु तथा सार्वजनिक स्थलहरुमा पुगेर मनोरञ्जनका साथसाथै जनचेतना  फैलाउने उद्धेश्यले सचेतनामुलक नाटकको प्रदर्शनीको तयारीमा जेसिज अगाडि बढेको अध्यक्ष थापाले जनाए ।

जसअनुरुप शनिबार जेसिज सचिवालयमा नाट्य कार्यशाला संचालन गरिएको थापाले जनाएका छ्न् । 
कार्यशालामा मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहका अध्यक्ष वरिष्ठ नाट्यकर्मी भरत गुरागाँईको प्रशिक्षणमा करिब डेढ दर्जन जति गौरादहका केही पुराना तथा उदीयमान कलाकारहरु नाट्य कार्यशालामा सहभागी भएका छ्न् । 
कार्यशालाबाट स्थानीय कलाकारको संयोजनमा दुर्व्यसन विरुद्धको सचेतनामुलक नाटक निर्माण गरी प्रदर्शनी गर्ने गौरादह जेसिजले जनाएको छ । 

जेसिज अध्यक्ष खड्ग थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यशाला गोष्ठीमा गौरादह नगरपालिकाका नगर प्रवक्ता एवंम वडा न १ का अध्यक्ष नगेन्द्र भण्डारी, इलाका प्रहरी कार्यालय गौरादहका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रमोद रेग्मी लगायतको उपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ