arrow

दिनदहाडै अज्ञात समूहबाट स्कूल बसमा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
bus-fire-unknown-group.jpg

चितवन ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कूल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ ।

विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको हो ।

आगलागीबाट बस पूर्ण रुपमा जलेको छ । तीन वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेको सहचालकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ